Logo
३१ बैशाख २०८१, सोमबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनको सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने

निर्मावाचन आयोगले स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सिसिटिभी जडान गर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सिसिटिभीको व्यवस्था गराइने जानकारी दिएको हो ।

सिसिटिभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ ।यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको समेत जनाएको छ ।

छपाई आजैबाट सुरु हुने छ । मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ ।

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्