Logo
३१ बैशाख २०८१, सोमबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनले भारत भ्रमणको एजेन्डा माग्दा आखिर किन प्रधानमन्त्री देउवा मौन?

प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य ४ मन्त्रीसहित भोलि भारत भ्रमणमा जादैँ छन् । प्रधानमन्त्री देउवा भारत जानुभन्दा अगाडी आज सत्ता गठबन्धनको बसेको बैठकमा नेताहरुले भारत भ्रमणमा जानुको एजेन्डाबारे सोध्दा मौन बसेका छन् ।

चुनावी तालमेलबारे छलफल गर्न बोलाइएको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेन्डा राखेर सुझाव दिन आग्रह गरेका थिए ।

बैठकमा दलका नेताहरूले भारत भ्रमणको एजेन्डाबारे चासो राखेका थिए भने उनीहरुले पटक(पटक एजेन्डाबारे सोध्दा पनि प्रधानमन्त्री देउवा मौन बसेका हुन् । आखिर किन प्रधानमन्त्री देउवा नेतासामु एजेन्डाबारे सोध्दा मौन बसे ? यो आफैमा रहस्यको कुरा हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दलहरूले दुई देशको सम्बन्धलाई कसरी सुदृढ बनाउने भनेर सुझाव दिएको बताए ।

नेपाल र भारतबिच सरकार र सरकारको बिचमा मात्र नभई जनस्तरमा पनि सम्बन्ध रहेको भन्दै उनले भने, ‘त्यसलाई प्रगाढ बनाउने र हाम्रा बिचमा देखिएका समस्याहरूलाई उच्च स्तरको राजनीतिक र कूटनीतिक माध्यमबाट हल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन यो भ्रमण सफल हुनेछ भन्ने विश्वास लिएका छौँ ।’

सत्तारुढ दलका नेताहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भू-भागबारे नेपालको मत राख्न सुझाएका छन् । प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझ्नुपर्ने, महाकालीमा भइरहेको अतिक्रमण रोक्नुपर्ने लगायतका समस्याबारे पनि भारतीय पक्षसँग संवाद गर्न नेताहरूले सुझाएका छन् ।

 

 

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्