Logo
३० बैशाख २०८१, आईतबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, प्रचण्ड भने निस्किए

file photo

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक अहिले बसिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने केही बेर बैठकमा भाग लिएर निस्किएका छन् ।

कांग्रेसले चुनावमा तालमेल गर्ने निर्णय लिएपछि आज गठबन्धनको बैठक बसेको हो ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित पाँच दलका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा शेरबहादुर देउवा, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, अशोकराई, पूर्णबहादुर खड्का, गगन थापा, दुर्गा पौडेल, राजेन्द्र श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । बैठकले तालमेलको खाका बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्