Logo
३१ बैशाख २०८१, सोमबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनमा एक्लैको बहुमत आउँदैन,अठबन्धन आवश्यक छ तर मूल्य मान्यतामा हुनुपर्छ : नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक रहेको बताएका छन् । साथै उनले सत्ता गठबन्धन मूल्य र मान्यतामा आधारित भएर नबनेको भन्दै टिप्पणी समेत गरेका छन् ।

रिपोर्टस क्लब नेपालको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक हुने उनले बताए । तर यसरी बन्ने गठबन्धन मूल्यमान्यतामा आधारित हुनुपर्ने बताए ।

उनले भविष्यमा बन्न लागेको चुनावी गठबन्धनको मूल्य मान्यतामाथि पनि प्रश्न गरे ।‘गठबन्धनका कुराहरु आउँछन् । मूल्य र मान्यतामा आधारित गठबन्धन हुनुपर्छ भन्ने हो,’ रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्वसमा सम्बोधन गर्दै पूर्व सभामुख समेत रहेका नेता नेम्वाङले भने, ‘गठबन्धन मूल्य र मान्यता अनुसार भएन भने सम्बन्धितले दुःख पाउनुहुन्छ ।’

नेम्वाङले दलहरुबीच समझदारीमा जोड दिए । सहमति र समझदारीबाट संविधान निर्माण गरेकोले यसलाई यताहुने नहुने मान्यताका साथ अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘दलहरु अप्ठ्यारोमा पर्दा एक ठाउँमा बस्नुपर्छ प्रतिष्पर्धाका बाबजुद मिलेर अगाडि बढ्नुपर्छ ।’

नेम्वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट रिपोर्टर्स क्लब नेपाललाई शुभकामना दिए ।

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्