Logo
३१ बैशाख २०८१, सोमबार
(March 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दउवाले भने : ‘गठबन्धनको सहयोगमा म प्रधानमन्त्री बनेको हो,चुनावमा एकतावद्ध भएर बढ्छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन् ।

‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हो,’ देउवाले भने, ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं ।’ आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने बताए ।

चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए । सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह गरे ।

देउवाले मिडियामा मिथ्या र भ्रामक समाचारहरुप्रति गम्भीर हुनुपर्ने बताए । उनले मिडियाले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए ।

रिपोर्टर्स क्लब नेपालले देशमा भएका महत्वपूर्ण परिवर्तन देखि संविधान निर्माणमा प्रशंसनीय भूमिका खेलेको बताए । उनले परिवर्तनका समयमा रिपोर्टर्स क्लब नेपालले महत्वपूर्ण भूमिका खेलेको बताए  ।

देउवाले क्लबलाई २४औं वार्षिकोत्वसमा शुभकामना तथा बधाई समेत दिए ।

प्रकाशित मिति: Mar 31, 2022

प्रतिक्रिया दिनुहोस्