Logo
६ बैशाख २०८१, बिहीबार
(March 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रकाश सपुतको प्रस्टीकरण : समाजको भावना बुझेर ‘पीर’को एउटा दृश्य हटाएको हुँ !

केही समयअघि सार्वजनिक भएको नेपाली लोक गायक प्रकाश सपुतको ‘पीर’ गीतमा जनयुद्धमा सहभागी लडाकुहरुले वर्तमान समयमा भोगिरहेको अभाव र पीडालाई विषयवस्तु बनाइएको छ ।

भिडियोको एक दृश्यमा पूर्वलडाकु महिला जीविका चलाउन देहव्यापारमा संलग्न भएको चित्रण गरिएको थियो । विवादित बनेपछि गायक सपुतले उक्त दृश्य हटाएर पुनः गीत सार्वजनिक गरेका थिए ।उक्त दृश्य किन हटाइयो भन्ने विषयमा गायक प्रकाश शपुतले प्रस्टीकरण दिएका छन् ।

गायक प्रकाशले समाजको भावनालाई बुझेर आफ्नो गीत ‘पीर’को भिडियोबाट एक दृश्य हटाएको बताएका छन् । उनले ‘पीर’ गीतको भिडियोमा एक पूर्वमाओवादी लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएको विषयमा कसैको दबाबमा नभई समाजको भावनालाई बुझेर आफ्नो गीत पीर भिडियोबाट एक दृश्य हटाएको प्रष्टीकरण दिएका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गायक सपुतले गीतमा समावेश उक्त दृश्यले समाजका केही व्यक्तिको चित्त दुखेको महसुस गरेर हटाइएको बताए ।

जनयुद्ध लडेर राजनीतिक परिवर्तन भएपनि व्यवहार परिवर्तन नभएकाले निराश बनेका पूर्व माओवादी लडाकु गीतमा समावेश उक्त दृश्यबाट झनै चिन्तित बनेकाले उनीहरुको भावनालाई कदर गरेको उनले बताए ।

यसलाई भावनाको हिसाबले सोचिदिन पनि सबैलाई आग्रह गरेका छन् । भिडियोको एक दृश्यमा पूर्वलडाकु महिला जीविका चलाउन देहव्यापारमा संलग्न भएको चित्रण गरिएको भन्दै यस दृश्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरुले आपत्ति जनाउनुको साथै उनलाई धक्की समेत दिएका थिए ।

 

 

प्रकाशित मिति: Mar 25, 2022

प्रतिक्रिया दिनुहोस्