Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसपा वर्तमान सरकारमा सहभागी हुने विषयमा छलफल चलिरहेको छ : अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने चर्चा चली रहेको समयमा अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारमा सहभागी हुने विषयमा छलफल चलिरहेको बताएका छन् ।

लोसपाको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष ठाकुरले लोसपा सरकारमा सहभागी हुने चर्चा चली रहेको समय अहिले सरकारमा जाने विषयमा निर्णय नगरेपनि छलफल चलिरहेको बताएका हुन् ।

वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्ने विषयमा लचकता अपनाउने प्रतिवद्धता व्यक्त नगरेसम्म सरकारमा शामिल हुने कुनै छाँटकाँट नरहेको अध्यक्ष ठाकुरले बताए ।

ठाकुरले वर्तमान सरकारमा शामिल हुनेभन्दा पनि नागरिकता सम्बन्धी मुद्दा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरु लगायतको विषयमा छलफल चलिरहेको बताए ।

ठाकुरले नागरिकता सम्बन्धि मुद्दा समाधान गर्न कानूनी जटिलता हटाउने, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा हटाउने विषयमा सरकारले गम्भिरता देखाए मात्रै सरकारमा शामिल हुने विषयमा विचार गर्न सकिने बताए ।

प्रकाशित मिति: Mar 22, 2022

प्रतिक्रिया दिनुहोस्