Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावमा सबै स्थानीय तहमा गठबन्धन सम्भव छैन : उपेन्द्र यादव

जसपाका अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्तागठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताएका छन् ।

सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उनले सबै तहमा गठबन्धन सम्भव नरहेको भन्दै जहाँ-जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने बताएका हुन् ।

सम्भव नभएका ठाउँमा एक्लाएक्लै मित्रवत ढंगले चुनाव लड्ने उनको भनाइ छ ।अध्यक्ष यादवले मधेशी जनताको अधिकारका लागि आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट संघर्ष गरिरहने बताए ।

अहिलेको निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्यायिक प्रणालीसमेत बदल्नुपर्ने उनको भनाइ थियो ।यादवले निर्वाचनलाई कम खर्चिलो बनाउन निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने पार्टीको अडान पनि दोहोर्‍याए ।

प्रकाशित मिति: Mar 22, 2022

प्रतिक्रिया दिनुहोस्