Logo
५ जेष्ठ २०८१, शनिबार
(March 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेको दाबी गरेका छन् ।

पोखरामा प्रेस सेन्टरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले पछिल्लो समयमा माओवादी प्रवेश गर्ने लहर देखेर आगामी चुनावमा आफनै बलमा चुनाव लडेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको दाबी गरेका हुन् ।

साथै प्रचण्डले माओवादीले नै देश बचाउने माओवादी नै रहेको भन्ने जनतालाई महसुस भइरहेको समेत दावी गरे ।उनले माओवादी पहिलो पार्टी बन्ने संकेत गरिसकेको बताए ।

उनले भने,‘ हामी शान्ति प्रकृया गरेर २०६४मा आउँदा पनि कसैले माओवादीले जित्छ भन्न सकेको थिएन । पुराना भनेको ठूला राजनीतिक दलले त ५ सिट आउँछ होला भनेर हेप्थे । तर जनताले हामीलाई बहुमत दिएर देखाइदिए । प्रत्यक्ष निर्वाचनमा त हामी बहुमत हो । २०७४को परिमाण पनि हामी अगाडि छ । अहिले हामी निर्वाचनमा जादैछौ । देशभरीको स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावना तिर अगाडि बढिसकेको छौं ।’

उनले चुनावमा एमालेसँग गठबन्धन गर्ने बारेमा आफनो भनाइ राखे । राजनीतिमा असम्भवन भन्ने केही नहुने बताउँदै एमालेसँग गठबन्धन बनाउन सकिने प्रष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने,‘ राजनीतिक र अहिले भर्खरै एमालेसँग गठबन्धन भइहाल्छ भन्न खोजेको होइन । राजनीतिमा असम्भव भन्ने केही कुरा हुदैन भन्ने पटक पटक भनेको छु । केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताब मैले नै राखेको हु । शेरबहादुर जीलाई मैले नै दुई पटकको प्रस्ताब मैले नै राखेको हुन । राजनितिमा असम्भव भन्ने त केही पनि हुदो रहेनछ नि ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको समेत बताए ।

 

प्रकाशित मिति: Mar 20, 2022

प्रतिक्रिया दिनुहोस्