Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावमा गठबन्धनको बैशाखी टेकेर जितौँला भन्ने नभइ आफ्नै खुट्टामा उभिनु पर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धनको बैशाखी टेकेर जितौँला भन्दा पनि  माओवादी आफ्नै खुट्टामा उभिए जानुपर्नेमा बताएका छन्।

आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् ।

उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ । वडादेखि नै गठबन्धन होला र जितौँला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो । तर पनि हामीले अन्य दलका पार्टीका नेताहरुसँग गठबन्धन गर्नेमा केही छलफल हुँदैन ।’

 

प्रकाशित मिति: Mar 20, 2022

प्रतिक्रिया दिनुहोस्