Logo
५ जेष्ठ २०८१, शनिबार
(March 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनसभालाई संवोधन गर्न ओली आज इलाम जाँदै

बृहत् जनसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदैँ छन् । इलामाको सूर्योदय नगरपालिकामा एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली जान लागेका हुन् ।

पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।

नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिइन् ।

फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।

जनसभालाई ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने बताइएको छ ।

प्रकाशित मिति: Mar 20, 2022

प्रतिक्रिया दिनुहोस्