Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षक सेवा आयोगको परीक्षा दिन जाँदा प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र बोक्नुपर्ने

शिक्षक सेवा आयोगको परीक्षा दिन जाँदा प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र बोक्नुपर्ने भएको छ । शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको विभिन्न तहका शिक्षक पदको लागि परीक्षा दिन जाने व्यक्तिले प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र लिएर जानु पर्ने भएको हो ।

आयोगले सूचना जारी गर्दै चैत १५, १७, १९ र २१ गते सञ्चालन हुने खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका उम्मेदवारले प्रवेश परीक्षाको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमति पत्र लिएर जान अनुरोध गरेको छ ।

उम्मेदवारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारको परिचय विवरणमा केही अस्पष्टता देखिएको गुनासो आएकोले सबै परीक्षार्थीलाई प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जानुपर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताएका छन् ।

आयोगले खुलातर्फ माध्यमिक तहमा एक हजार ४२, निम्न माध्यमिक तहमा एक हजार ९१३ र प्राथमिक तहमा नौ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खोलेको छ ।

मावि तहको परीक्षा १५ गते, निम्न माध्यमिक तहको १७ गते, प्राथमिक तहको १९ गते र आन्तरिक बढुवातर्फको २१ गते हुने छ ।शिक्षक सेवा आयोगका अनुसार कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत)तर्फ तीन तहको प्रथम र द्वितीय श्रेणीमा दुई हजार ६२२ पदमा बढुवाको लागि विज्ञापन खुला हुने र आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत) तर्फ तीनै तहको प्रथम र द्वितीय श्रेणीमा ८६७ पदको लागि बढुवाको विज्ञापन खोलेको छ ।

प्रकाशित मिति: Mar 18, 2022

प्रतिक्रिया दिनुहोस्