Logo
५ जेष्ठ २०८१, शनिबार
(March 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

निर्वाचन आयोगको कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नामामावली सार्वजनिक हुने तय गरिएको छ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते फिर्ता लिन सकिनेछ भने त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।यस्तै वैशाख ३० गते बिहान ७ देखि साँझ ५ बजेसम्म चुनाव मतदान कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति: Mar 18, 2022

प्रतिक्रिया दिनुहोस्