Logo
५ जेष्ठ २०८१, शनिबार
(March 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहमा पार्टीको अवस्थाबारे चैत १५ भित्र रिपोर्ट पठाउन काँग्रेसको निर्देशन

चैत १५ गतेभित्र स्थानीय तहमा पार्टीको अवस्थाबारे जानकारी गराउन नेपाली कांग्रेसले देशभर सर्कुलर पठाएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर पठाएका छन् ।वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन माहौल र पार्टीले तय गर्नुपर्ने बाटोका बारेमा केन्द्रलाई चैत १५ भित्र जानकारी गराउन भनिएको छ ।

महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरू दल विभाजन पश्चात् पार्टीको शक्ति सन्तुलनको जानकारी पठाउन निर्देशन दिइएको छ । काँग्रेस छोडेर अन्य पार्टीमा गएका स्थानीय कार्यकर्ता र त्यसले पारेको पार्टीमा प्रभाव आकलन गरी केन्द्रमा पठाउन भनिएको छ ।

सात पृष्ठको सर्कुलरमा स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गतिविधि गर्न तल्लो तहका सबै संरचनालाई निर्देशन दिइएको छ ।पुराना मतदाताको अवस्था सहित नयाँ थपिएका मतदाता सहितको अभिलेख राख्न पनि भनिएको छ । पेसा, व्यवसाय, अध्ययनका लागि प्रदेश वा केन्द्रीय राजधानीमा गएका नागरिकहरूको तथ्याङ्क राख्न तथा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

स्थानीय तहलाई आफैँ घोषणापत्र बनाउन निर्देशन दिइएको छ । साथै, काँग्रेस विजयी भएका स्थानमा आफूले जितेको स्थानमा पाँच वर्षको अवधिमा गरेका सुधार, उपलब्धि तथा सकारात्मक कार्य घोषणापत्रमा समावेश गर्न सुझाइएको छ ।

आफू पराजय भएका स्थानमा विजयी दलले गरेका भ्रष्टाचार र अनियमितता देखाउन निर्देशन दिइएको छ ।तल्लो संरचनाले गरेका गतिविधिको हरेक १५ दिनमा गतिविधिको उपल्लो तह सहित केन्द्रलाई जानकारी गराउन सर्कुलर गरिएको छ ।

जिल्ला कार्यालयहरू व्यवस्थित गराउन, विधानले तोके बमोजिम नियमित बैठक बस्न, जातीय छुवाछुतमा संलग्न कार्यकर्ता भेटिए पार्टीबाट निष्कासन गर्न पनि काँग्रेसले मातहतका कार्यालयलाई भनेको छ ।

प्रकाशित मिति: Mar 18, 2022

प्रतिक्रिया दिनुहोस्