Logo
५ जेष्ठ २०८१, शनिबार
(March 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आचारसंहिता : स्थानीय जनप्रतिनिधिले चुनावमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने

निर्वाचन आयोगले स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने आचारसंहिता बनाएको छ ।

निवार्चन आयोगले हाल बहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको हो ।

स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दाबेदार छन् ।

राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेका निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ ।’

निर्वाचन आचारसंहिता :-

प्रकाशित मिति: Mar 17, 2022

प्रतिक्रिया दिनुहोस्