Logo
५ जेष्ठ २०८१, शनिबार
(March 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तल्लो तहसम्म विकास,शान्ति र स्थायित्वका लागि कांग्रेसले स्थानीय निर्वाचन जित्नुपर्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले देशमा विकास, शान्ति र स्थायित्वका लागि कांगेससले आगामी निर्वाचन जित्नैपर्ने धारणा राखेका छन् ।

रुपन्देहीमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले स्थानीय स्तरमा गाउँ र नगरमा विकास, शान्ति र स्थायित्वका लागि काँग्रेसले आगामी निर्वाचन जित्नैपर्ने धारणा राखेका हुन् ।

गृहमन्त्री खाँणले भने ‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन काँग्रेसले स्थानीय निर्वाचनमा जित्नपर्छ । शान्ति र स्थायित्वका लागि काँग्रेसले आगामी निर्वाचन जित्नुपर्छ,’।

उनले मुलुकमा आइपरेको अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न काँग्रेसले चाहेको बताए ।उनले अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान (एमसीसी) जनताको पक्षमा र जनताको हितमा रहेको बताए।

एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने बिजुली जनताको घरघरसम्म पुर्‍याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्विकारिएको बताए।

मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पुर्‍याउने उनको विश्वास छ ।उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढिरहेको र आयात पनि बढिरहेकाले अब त्यो आयात घटाउन विद्युतीय सामाग्रीको प्रयोग गर्न आग्रह गरे ।

बिजुली उत्पादन वृद्धि गर्नका लागि एमसीसी सदनबाट पास गरिएको उनको तर्क छ।

प्रकाशित मिति: Mar 17, 2022

प्रतिक्रिया दिनुहोस्