Logo
५ जेष्ठ २०८१, शनिबार
(March 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल भने : ‘हाम्रो खिसीटिउरी गर्नेको हविगत होलिका दहन भएको जस्तै नास हुनेछ ‘

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा आफूहरूको खिसीटिउरी गर्नेको हविगत देखिने बताएका छन् ।

होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले आफूहरूको खिसीटिउरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो खिसीटिउरी गर्नेको हविगत देखिने छ । होलीका दहन भएको जस्तै त्यसताको नास हुनेछ ।’ त्यस्तै राष्ट्रिय सभाको चुनावमा कमाल गरेर देखाएको बताउँदै उनले अब स्थानीय चुनावमा पनि देखिने दाबी समेत गरेका छन् ।

एकीकृत समाजवादीको चुनाव चिह्न कलम हो । कलम चुनाव चिह्नले कमाल गर्ने बताउँदै उनले भने, ‘गाउँ गाउँ, टोलटोल, बस्ती बस्तीमा पुगौँ, । जनपरिचालन गर्ने काममा लागिपरौँ । यो सामर्थ्यको शक्ति चुनावको मैदानमा देखिने छ ।’ राष्ट्रियसभाको चुनावमा कमाल गरेर देखाएको बताउँदै उनले अब स्थानीय चुनावमा पनि देखिने दाबी गरे ।

प्रकाशित मिति: Mar 17, 2022

प्रतिक्रिया दिनुहोस्