Logo
५ जेष्ठ २०८१, शनिबार
(March 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावमा जालझेल र षड्यन्त्र गर्न काँग्रेस एमाले नै सिपालु छन् उनीहरुसँग हामी सक्दैनौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

बुधवार  राजधानीमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले सेटिङ गरेर चुनाव जित्न काँग्रेस एमाले नै सिपालु भएको बताउँदै अहिले त्यसका लागि देशी विदेशी प्रतिक्रियावादी लागि परेको बताएका हुन् ।

‘अहिले दुई वटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ। दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ’, प्रचण्डले भने, ‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो लाइफ एण्ड डेथ -जीवन मरणको लडाइँ भएर आउँदैछ ।’

विगतमा पार्टीका सम्पूर्ण शक्तिहरु आक्रामक ढंगले प्रस्तुत हुँदा नै चुनाव जितिएको स्मरण गर्दै प्रचण्डले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताए ।

प्रचन्डले भने ‘जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरु सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ’ । माओवादीहरू त्यसमा सिपालु छैनन् । त्यसमा काँग्रेस एमाले नै सिपालु छन् । जालझेल र षड्यन्त्र गर्न हामी उनीहरुसँग सक्दैनौँ । हामीले सक्ने भनेको जालझेल गर्नेलाई दनक दिनचाहिँ सक्छौँ । इटको जवाफ पत्थरले दिएर सातो लिनचाहिँ सक्छौँ ।’

प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एण्ड डेथ’ (जीवन मरण) को सवाल भएको पनि बताएका छन् ।प्रचण्डले गठबन्धनबाट आश गरेर आउला र खाउँला भन्ने पक्षमा पार्टी नभएको बताए । प्रचण्डले आफ्नै खुट्टामा उभिएर आफ्नै तागतका साथ चुनाव जित्ने गरी लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Mar 16, 2022

प्रतिक्रिया दिनुहोस्