Logo
५ जेष्ठ २०८१, शनिबार
(March 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनको तयारीको छलफल गर्न आज एमालेको केन्द्रीय सचिवालय बैठक

नेकपा एमालेको केन्दीय सचिवालयको बैठक आज बस्दै छ ।स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न सचिवालयको बैठक दिउसो ३ बजे बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल हुने उनले बताए । उनका अनुसार स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक छिट्टै बोलाउने तयारी गरिएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: Mar 15, 2022

प्रतिक्रिया दिनुहोस्