Logo
५ जेष्ठ २०८१, शनिबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न, ४३ जिल्लाको नेतृत्वमा देउवा पक्ष

नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ७७ वटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । केन्द्रीय महाधिवेशनअघि ६१ जिल्ला अधिवेशन गरेको कांग्रेसले महाधिवेशनपछि १६ जिल्ला अधिवेशन पनि सम्पन्न गरेको हो ।

दोस्रो पटक कांग्रेसको सभापति चुनिएका शेरबहादुर देउवाले जिल्लामा पनि आफ्नो पकड बढाएका छन् ।आइतबार साँझ सर्लाही र सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएसँगै कांग्रेसले जिल्ला अधिवेशनको मैझारो गरेको छ ।

७७ मध्ये ४३ जिल्लामा देउवा पक्षले नेतृत्वको जिम्मेवारी पाएको छ ।महाधिवेशनमा देउवासँग पराजित शेखर कोइरालाको पक्षले २८ जिल्लामा नेतृत्व हासिल गरेको छ ।यस्तै नेता कृष्णप्रसाद सिटौला समूहले २ र विमलेन्द्र निधि पक्षले १ जिल्लाको नेतृत्व लिएको छ । पूर्वमहान्त्रीद्वय प्रकाशमान सिंह निकट एक र शशांक कोइराला निकट २ जना जिल्ला सभापति छन् ।

प्रदेशगत रुपमा प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम सभापति देउवा पक्षको वर्चश्व छ । लुम्बिनीमा नेता शेखर कोइराला पक्षको उपस्थिति बलियो छ ।

शेखर कोइराला पक्षको आधार क्षेत्र मानिएको प्रदेश १ र गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा देउवा पक्षले जबरजस्त उपस्थिति जनाएको छ ।१३ औं महाधिवेशनमा देउवा पक्षले मधेस प्रदेशमा ‘क्लिन स्वीप’ पारे पनि यसपटक दुई जिल्ला सभापति गुमाएको छ ।

धनुषामा विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियार देउवा पक्षका उम्मेदवारलाई पराजित गर्दै सभापति बनेका छन् ।यस्तै शेखर पक्षले पनि मधेस प्रदेशमा इन्ट्री मारेको छ । शेखर पक्षका रामदेव साहले सप्तरीमा देउवा पक्षका उम्मेदवारलाई पराजित गर्दै जिल्ला सभापति चुनिए ।

यद्यपि निधिको विद्रोहका बीच देउवा पक्षले ६ वटा जिल्ला सभापति जितेर मधेस प्रदेशमा वर्चश्व कायम राखेको छ ।काँग्रेसमा जिल्ला नेतृत्व चयन हुँदा अन्तरगुट प्रतिस्पर्धा मात्र भएको छैन, गुटभित्रै पनि कडा प्रतिस्पर्धा भएको छ ।

देउवा र शेखर पक्षबीच स्वाभाविक प्रतिस्पर्धा थियो भने केही जिल्लामा देउवा पक्षमै आन्तरिक प्रतिस्पर्धा र शेखर पक्षमै पनि आन्तरिक प्रतिस्पर्धा भएको थियो । आफ्नै समूहमा भएको लडाइँले केही जिल्लामा अर्को पक्षलाई फाइदा भएको थियो ।

१३ औं महाधिवेशनको भन्दा यसपटक देउवा पक्षले करिब २० जिल्लामा आफू पक्षीय नेतृत्व स्थापित गरेको छ । विगतको संस्थापन इतर पक्ष तितरवितर हुँदा पनि शेखर पक्ष विकल्पका रुपमा उदाएको छ ।

महाधिवेशनपछि अधिवेशन भएको सबै जिल्लामा शेखर पक्षले प्रतिस्पर्धा गरेको थियो । चितवन, बाँके, सिन्धुली र सप्तरीमा देउवा पक्षलाई पराजित गरेर नेतृत्व लिन शेखर पक्ष सफल भएको छ ।

महाधिवेशनअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको आडमा निर्वाचित दुई दर्जन जिल्ला सभापति शेखर कोइराला पक्षमा उभिएका छन् ।

देउवा पक्ष – प्रदेश १

१. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

२. रूपनारायण जबेगु – पाँचथर

३. तेजेन्द्र खनाल– ओखलढुङ्गा

४. डम्बर खड्का – इलाम

५. हिमाल कार्की – उदयपुर

६. दिनेश राई – धनकुटा

७. नाम्गेल जाङ्बु शेर्पा – सोलुखुम्बु

शेखर पक्ष – प्रदेश १

१.अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

२. विष्णु राई – खोटाङ

३. विनोद बान्तवा – भोजपुर

४. डिगबहादुर लिम्बू – मोरङ

५. केदार भण्डारी – सुनसरी

शशांक कोइराला पक्ष –प्रदेश १

१. दीपक खड्का– संखुवासभा

सिटौला पक्ष – प्रदेश १

१. देउकुमार थेबे – झापा

देउवा पक्ष – मधेस प्रदेश

१. जनार्दनसिंह क्षेत्री – पर्सा

२. सुरेन्द्रप्रसाद सिंह – सर्लाही

३.सुनिलकुमार यादव – रौतहट

४. राजेश राय यादव – बारा

५. रामचन्द्र यादव – सिरहा

६. नागेश्वर यादव– महोत्तरी

शेखर पक्ष – मधेस प्रदेश

१. रामदेव साह– सप्तरी

विमलेन्द्र निधि पक्ष– मधेस प्रदेश

१. योगेन्द्र पजियार – धनुषा

प्रकाशमान सिंह – बागमती प्रदेश

१. कृष्ण बानियाँ (सबुज) – काठमाडौं

देउवा पक्ष– बागमती प्रदेश

१. कान्छाराम तामाङ – रामेछाप

२. तीर्थ लामा – काभ्रेपलान्चोक

३. दुर्लभ थापा – भक्तपुर

४. जितेन्द्र श्रेष्ठ – ललितपुर

५. पेम्बाछिरिङ तामाङ – रसुवा

६. बुद्ध लामा – मकवानपुर

७. जंगबहादुर तामाङ – सिन्धुपाल्चोक

शेखर पक्ष – बागमती प्रदेश

१. रमेश महत – नुवाकोट

२. बर्मा लामा – दोलखा

३. रामनाथ अधिकारी – धादिङ

४. राजेश्वर खनाल – चितवन

५. उपेन्द्र पोखरेल – सिन्धुली

शेखर पक्ष – गण्डकी प्रदेश

१. नन्दप्रसाद न्यौपाने – गोरखा

२. राजु थापा – स्याङ्जा

३. रोमी गौचन थकाली – मुस्ताङ

देउवा पक्ष – गण्डकी प्रदेश

१. किशोरदत्त बराल – कास्की

२. शङ्कर गुरुङ – मनाङ

३. खमवी गर्बुजा – म्याग्दी

४.डा. टकराज गुरुङ – लमजुङ

५. युवराज जोशी – पर्वत

६ .जीतप्रकाश आले – तनहुँ

शशांक पक्ष– गण्डकी प्रदेश

१. महेन्द्रध्वज जिसी – नवलपुर

सिटौला पक्ष – गण्डकी प्रदेश

१. जित शेरचन – बाग्लुङ

देउवा पक्ष – लुम्बिनी प्रदेश

१. रामकृष्ण खाँण – रुपन्देही

२. केशरमान रोका – रुकुमपूर्व

३. रुण प्रकाश सिंह राठौर – बर्दिया

शेखर पक्ष – लुम्बिनी प्रदेश

१. हिमालदत्त श्रेष्ठ –पाल्पा

२. किशोर आचार्य – रोल्पा

३. विष्णुकुमार गिरी – प्युठान

४. केशव श्रेष्ठ – अर्घाखाँची

५. शङ्कर डाँगी – दाङ

६. अब्दुल कलाम – कपिलबस्तु

७. खिलध्वजपन्थी – गुल्मी

८. अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम

९. नारायण गौडेल – बाँके

देउवा पक्ष – कर्णाली प्रदेश

१. मोहनविक्रम सिंह – हुम्ला

२. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

३. वेदराज सिंह – जाजरकोट

४. ऐनबहादुर शाही – मुगु

४. केशबहादुर विष्ट – सल्यान

६. खड्क पोखरेल – सुर्खेत

७. दीपेन्द्रबहादुर शाही – डोल्पा

८. कर्णबहादुर शाही – जुम्ला

शेखर पक्ष – कर्णाली प्रदेश

१.अम्मबहादुर शाही – कालिकोट

२. मणिराम रेग्मी – दैलेख

शेखर पक्ष– सुदूरपश्चिम प्रदेश

१. रामसिंह रावल – बाजुरा

२.चतुरबहादुर चन्द – बैतडी

३.ललितसिंह बोहरा – दार्चुला

देउवा पक्ष – सुदूरपश्चिम प्रदेश

१. भीमबहादुर साउद – डडेलधुरा

२.खड्क बोहरा – बझाङ

३. नरेन्द्रबहादुर सिंह – डोटी

४. पदम बोगटी – कञ्चनपुर

५. पुष्पबहादुर शाह – अछाम

६. नारायणदत्त भट्ट – कैलाली

 

 

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्