Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रावलले भने : ‘प्रधानमन्त्री देउवाका अभिव्यक्ति झुटा र उदण्ड्डपूर्ण छ’

नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिको जवाफ दिएका छन् ।

आज नुवाकोटमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाबारे रावलले २ जिभ्रे कुरा गरेको बताएका थिए त्यसैको प्रतिउत्तर दिदै रावलले प्रधानमन्त्री देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको दाबी गरेका छन् ।

प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्विटबाट जवाफ दिँदै प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको बताएका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारमा भीम रावल २०७३ असार ३१ मा उपप्रधानमन्त्री रहेको र त्यो मन्त्रिपरिषद्ले एमसीसी परियोजना अनुमोदनका संसद्मा प्रस्ताव लैजाने निर्णय गरेको देउवाको भनाइ थियो।

ओलीले अघि बढाएको एमसीसी परियोजना आफूले प्रतिनिधि सभाबाट पारित गरेको देउवाको भनाइ थियो। साथै देउवाले मन्त्री हुँदा रावलले एमसीसीबारे विरोध नगरेको तर अहिले विरोध गरेकोमा त्यस बेला ‘दिमाग खुस्किएको थियो’ भन्ने प्रश्न गरेका थिए।

उनले एमसीसी संसद्मा ल्याएका बेला आफू उपप्रधानमन्त्री नरहेको पनि बताएका छन्।

 

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्