Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि जसपा केन्द्रीय समितिको बैठक

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्न लागेको छ । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सो बैठक सुरु भएको हो ।

आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छलफल हुने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले बताए । पहिले दिनको बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ ।

पार्टीमा यसअघि देखिएको विभिन्न विवाद समाधान भइसकेको र पार्टी एक ढिक्का भएर चुनावमा जाने जसपा संघीय परिषद्को बैठकले घोषणा गरेको थियो ।

परिषद्को बैठक फागुन २८ गते बानेश्वरको एक पार्टी प्यालेसमा बसेको थियो । सम्भवतः केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने तयारी छ, बैठक कसरी अगाडि बढ्छ त्यो वक्तामा भरपर्ने नेता सुमनले बताए ।

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्