Logo
५ जेष्ठ २०८१, शनिबार
(March 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले सुदूरपश्चिममा सहभागी हुन खोजेपछि माधवलाई केही त्याग गर्न प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिममा कांग्रेसले भाग मागेपछि माधवलाई केही त्याग गर्न आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले सोमबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा सहभागी हुन खोजेपछि संख्या बढाउने ठाउँ नभएकाले समाजवादीबाटै धेरै मन्त्री भएकाले एसका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेका हुन् ।साथै उनले प्रधानमन्त्री देउवाले सुदुरपश्चिम प्रदेशमा कांग्रेसको भाग मागेपछि कांग्रेसलाई पनि सुदूरपश्चिम सरकारमा सहभागी गराउन लागेको बताएका हुन् ।

उनले कांग्रेसलाई पनि सहभागी गराउने भन्ने टुंगिसकेको र कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको बताए ।उनले भने,‘सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ ।

नेपाली कांग्रेसले निर्वाचन नजिक आउँदै गर्दा सुदुरपश्चिममा पनि हाम्रो हुनपर्यो किनकि सबै प्रदेशमा छ सुदूरपश्चिममा नेपाली कांग्रेसको प्रतिनिधित्व छैन भनेर कुरा उठेको थियो ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा सहभागी हुन खोजेपछि संख्या बढाउने ठाउँ नभएकाले समाजवादीबाटै धेरै मन्त्री भएकाले एसका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेको उनले बताए ।

माधव नेपालले सुदूरपश्चिममा नेकपा एसलाइ नेतृत्व दिनुपर्छ भनेर कुरा राखेको उनले बताए ।

प्रकाशित मिति: Mar 14, 2022

प्रतिक्रिया दिनुहोस्