Logo
७ बैशाख २०८१, शुक्रबार
(March 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेश प्रमुख शर्मा दम्पतीले गरे मृत्युपछि शरीर दान गर्ने घोषणा

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् ।

ललितपुरको ग्वार्को बसोबास गर्दै आएका ६६ वर्षीय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीर दान गर्ने निर्णय गरेका हुन् ।

प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्युपछि शरीर दान गर्ने मन्जुरीपत्रमा हस्ताक्षर गरेका छन् ।

चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाइका लागि उपयोगी होस् भनेर आफूहरूले मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको प्रदेश प्रमुख शर्माले बताए ।
विगत ८ वर्षदेखि आफ्नो मुटुमा पेसमेकर राखिएकाले सो बारेमा विद्यार्थीहरूलाई अध्ययनका लागि उपयोगी होस् भन्ने अपेक्षाले मृत्युपछि शरीर दान गर्ने निर्णय लिइएको प्रमुख शर्माको भनाइ छ ।

मृत्युपछिको शरीर दान गर्नका लागि आवश्यक प्रकृया केही समयअघि देखि थाले पनि हिजो शुक्रबार आवश्यक कानूनी प्रकृया पूरा भएको प्रमुख शर्माले बताए ।

मृत्युपछि दान गरिएका शव चिकित्सा विज्ञानमा परीक्षणका लागि उपयोगी हुने भएकाले इच्छुक व्यक्तिले शरीर दान गर्नसक्ने किस्ट मेडिकल कलेज प्रशासन शाखाकी सरिता हाडाले जानकारी दिइन् ।

चिकित्सा विज्ञान पढ्ने विद्यार्थीको प्रयोगात्मक पढाइका लागि वेवारिसे शवमा भर पर्नुपर्ने अवस्थामा मृत्युपछि शरीर दान गर्न इच्छा राख्नेबाट विद्यार्थीलाई अध्ययनका लागि सहजता हुने मेडिकल कलेजका प्राध्यापकहरूको भनाइ छ ।

 

प्रकाशित मिति: Mar 13, 2022

प्रतिक्रिया दिनुहोस्