Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानिय निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने तर आफ्नो तागतमा भरोसा गर्नुपर्छ : मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने तर आफ्नो तागतमा पनि भरोसा गर्नुपर्ने बताएका छन् ।

प्रेस सेन्टर सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा नेता यादवले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने तर आफ्नो तागतमा पनि भरोसा गर्नुपर्ने बताए ।

‘आफ्नो तागत छैन भने गठबन्धनले पनि केही हुँदैन’ उनले भने ‘साथीहरुले गठबन्धनमा जोड दिइरहनुभएको छ । तर आफ्नो तागतमा जोड दिएर गठबन्धनमा ध्यान दिनु जरुरी छ ।’

विगतमा पनि गठबन्धनको सरकार हुँदा पार्टीहरु अलग अलग तरिकाले चुनावमा गएको भन्दै उनले चुनावका लागि आफ्नो शक्तिलाई बलियो बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री शेर वहादुर देउवा इमान्दार भए गठबन्धन नै चुनावमा जाने र इमान्दार नभए चुनावमा गठबन्धन नहुन पनि सक्ने नेता यादवको भनाइ छ ।

अवसरवादीहरुको प्रवेशले पार्टी कमजोर बनेको स्वीकार्दै नेता यादवले कम्युनिष्ट आन्दोलनमा देखिएको संकटप्रति सबै संवेदनशील बन्नुपर्ने बताए । प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: Mar 13, 2022

प्रतिक्रिया दिनुहोस्