Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नेप्से परिसूचक ५२ अङ्कले बढ्यो

आज शेरबजार बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ५२.३१ अङ्कले बढेर २५ सय ६६.९० अं कमा पुगेको छ ।कारोबार रकममा पनि बुधवार को भन्दा झिनो सुधार देखिएको छ ।

नेप्से परिसूचक उच्च अङ्कले बढ्दा अधिकांश कम्पनीहरूको सेयर मूल्य बढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबारमा मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अङ्कले बढेर ४९३.५३ अं कमा पुगेको छ ।

दिनभर भएका ४३ हजार ५३८ कारोबारबाट २२६ कम्पनीका ५६ लाख १० हजार ६३१ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँ पुगेको छ ।

धेरै बढ्नेमा इमर्जिङ नेपाल लिमिटेड पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको ३१ रुपैयाँले बढेर ३४१.५० रुपैयाँमा पुगेको छ । यसै गरी कर्णाली डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ३३ रुपैयाँले बढेर ४०४ रुपैयाँमा पुगेको छ भने नेपाल हाइड्रोको ४१ रुपैयाँले बढेर ५१५ रुपैयाँमा पुगेको छ ।

समग्रमा बजार बढे पनि केही कम्पनीहरूको सेयर मूल्य भने घटेको छ । घट्ने पहिलो नम्बरमा माउन्टेन इनर्जीको सेयर मूल्य ३५ रुपैयाँले ११ सय रुपैयाँमा पुगेको छ ।

दोस्रोमा एनटीसीको ३४ रुपैयाँले घटेर १६ सय ४६ रुपैयाँमा झरेको छ भने बोटलर्स नेपाल (तराइ)को सेयर मूल्य २५३ रुपैयाँले घटेर १३ हजार ५८७ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्