Logo
२३ बैशाख २०८१, आईतबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधबार देखि जारी बैठमा आज अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्नेछन्।

टोली नेताले प्रतिवेदनमा उठाएका प्रश्नको अध्यक्ष माधवकुमार नेपालले आजै जवाफ दिने कार्यक्रम रहेको नेता गंगालाल तुलाधरले जानकारी दिए।

बुधबारको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि प्रदेश समूह, उपत्यका विशेष र सम्पर्क समन्वय तथा केन्द्रीय विभाग र मोर्चा संगठनको गरी नौ वटा समूह विभाजन गरेर छलफल भएको थियो। अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना एमसिसी पास नगरेको भए पार्टीको अस्तित्व नै संकटमा पर्ने उल्लेख गरेका छन्।

काठमाडौंको बबरमहलस्थित एक ब्यांक्वेटमा जारी बैठक आजै सक्ने तयारी छ।

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्