Logo
७ बैशाख २०८१, शुक्रबार
(March 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेखा थापाको कटाक्ष : चोकचोक र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरू जन्मिरहेका छन !

नायिका रेखा थापाले अहिले चोकचोक र गल्लीगल्लीमा न्यायाधीश,वकिलहरू जन्मिरहेको बताएकी छन् । साथै थापाले राजनीतिक हिसावले उपस्थित र शृङ्गारिक हिसावले प्रतिनिधित्व गर्दैमा महिलामा परिवर्तन नआउने बताएकी छन् ।

महिला दिवसको सन्दर्भमा मंगलबार आयोजित सडक बहस कार्यक्रममा बोल्दै थापाले नबालिग गायिकाको पक्षमा बोल्दा समाजबाट पीडा भोग्नु परेको गुनासो समेत पोखिन् ।

महिलाहरूमा परिवर्तन आउन चेतनाको स्तर वृद्धि हुनुपर्ने उनको धारणा छ । उनले भनिन् ‘नाबालिग गायिका संरक्षण गर्ने दाइत्व हाम्रो समाजको हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ समेत लेखियो । त्यसले हामी अझै सतिप्रथामा छौं कि क्याहो जस्तो महसुस भयो ।’

उनले हिंसामा परेर बाहिर निस्केको मानिसलाई तै खराब भन्ने प्रवृत्ति रहेको बताउँदै प्रश्न गरिन्, ‘जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्न होला त ?’

उनले पल शाह प्रकरणमा ब्यक्ति व्यक्तिले आफूखुसी दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ‘चोकचोकमा र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरू जन्मिरहेको’ बताइन् । उनले भनिन्, ‘अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस् ।’

प्रकाशित मिति: Mar 8, 2022

प्रतिक्रिया दिनुहोस्