Logo
८ बैशाख २०८१, शनिबार
(March 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेश सभा बैठक फागुन २९ गते बस्ने

लामो समयदेखि स्थगित हुँदै आएको बागमती  प्रदेश सभा फागुन २९ बैठक बस्ने भएको छ । सचिवालयले बुधवार जारी गरेको सूचनामा फागुन २९ मा प्रदेश सभा बैठक बोलाइएको उल्लेख छ।

प्रदेश सभा सचिवालयका अनुसार अब फागुन २९ मा प्रदेश सभा बैठक बस्ने तयारी छ। गत पुसमा बैठक गरेर स्थगित गरिएपछि लामो समयसम्म बैठक बोलाइएको थिएन।

फागुन १६ का लागि प्रदेश सभा बैठक बोलाइए पनि स्थगित गरिएको थियो। प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले साढे दुई महिनादेखि बस्न नसकेको प्रदेश सभा बैठक आह्वान गरिएको बताए। यसअघि गत पुस ८ मा प्रदेश सभा बैठक बसेको थियो।

प्रकाशित मिति: Mar 3, 2022

प्रतिक्रिया दिनुहोस्