Logo
११ बैशाख २०८१, मंगलबार
(March 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिजो बेलुकासम्ममा ३०३ जनाले नेपालीले छाेडे युक्रेन

परराष्ट्र मन्त्रालयले मंगलबार बेलुकासम्ममा ३ सय ३ जना नेपालीले युक्रेन छोडेको जनाएको छ । हिजो बेलुकासम्ममा ३०३ जनाले युक्रेन छोडेको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । ।

युक्रेनबाट बाहिरिने क्रममा केही नेपाली अलपत्र परेका खबर आएकाले उनीहरुलाई जर्मनीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ ।रुसले युक्रेनको राजधानी किभसहित पूर्वी क्षेत्रमा आक्रमण बढाएपछि त्यस क्षेत्रमा रहेका नेपाली सुरक्षित ठाउँको खोजीमा छन् ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालकाअनुसार अहिलेसम्म तीन सय तीन जनाले युक्रेन छोडेको आधिकारिक जानकारी मन्त्रालयमा आएको छ । युक्रेन छोड्नेको संख्या यो भन्दा केही बढी हुन सक्ने सम्भावना रहे पनि औपचारिक जानकारी आइनसकेको उनले बताए ।

युक्रेनबाट सबैभन्दा धेरै पोल्याण्ड भएका छन् । अहिलेसम्म दुई सय ३२ नेपाली पोल्याण्ड पुगिसकेका छन् भने ३९ जना स्लोभाकिया, ९ जना हंगेरी र २३ जना रोमानिया पुगिसकेका प्रवक्ता लम्सालले बताए । युक्रेनमा रहेका केही नेपाली अझै बाहिरिने पर्खाइमा छन् ।

प्रकाशित मिति: Mar 2, 2022

प्रतिक्रिया दिनुहोस्