एमजी जेडएस इभीको फेसलिफ्ट मोडल आइतबार लन्च हुने !
नेपाली बजारमा सर्बाधिक बिक्री हुँदै आइरहेको इलेक्ट्रिक एसयुभी एमजी जेडएस इभीको फेसलिफ्ट मोडल आइतबार लन्च हुने भएको छ ।
यसको २ भेरियन्टलाई लन्च गरिने र लगत्तै बुकिङ समेत खुल्ला गरिने कम्पनीले बताएको छ ।हाल कारोबार भैरहेको रेगुलर मोडलको तुलनामा ठूलो ब्याट्री साइज जडान गरिएको यो एसयुभीको इन्टेरियर र एक्स्टेरियसमा समेत केही परिबर्तन गरिएको छ ।
हाल उपलब्ध मोडलमा ४४.५ किलोवट आवरको ब्याट्री प्याक उपलब्ध रहेकोमा त्यसलालाई बढाएर ५१.१ र ७२.६ किलोवाट आवर पुर्याइएको छ ।
ब्याट्रीको साइज बढाइएका कारण यसले दिने रेन्ज समेत बढ्ने देखिन्छ भने मूल्य समेत पहिलेको तुलनामा केही महंगो पर्नेछ । सन् २०१९ को अन्त्यतिर नेपाल भित्रिएको यो एसयुभीलाई इभी पारखीले अत्याधिक मात्रामा रुचाइरहेका कारण यो फेसलिफ्ट मोडलको माग समेत उच्च रहने अनुमान गरिएको छ ।
हाल उपलब्ध मोडललाई कम्पनीले ५१ लाख रुपैयाँमा बिक्री गरिरहेको छ । नेपाल अटो