Logo
२० जेष्ठ २०८१, आईतबार
(February 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रीय समितिको बैठक पूनः स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पुनः स्थगित भएको छ। यसअघि पटक-पटक स्थगित गरी फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक पनि सारिएको हो ।

स्रोतकाअनुसार पदाधिकारी चयन र स्थायी समिति गठनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य पूरा नगरेकाले बैठक स्थगन भएको हो ।

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले विशेष राजनीतिक परिस्थितिका कारण बैठक फागुन २० सम्मलाई स्थगन गरिएको जानकारी दिएका छन् ।

अमेरिकी सहायता परियोजना (एमसिसी) का कारण गठबन्धन धरापमा परेपछि प्रचण्डले तयारी पूरा गर्न नपाएको बताइएको छ ।माओवादीले केन्द्रीय समितिबाट पदाधिकारी चयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र स्थानीय तहको चुनाव केन्द्रित अभियान घोषणा गर्ने बताइएको थियो ।

प्रकाशित मिति: Feb 18, 2022

प्रतिक्रिया दिनुहोस्