Logo
७ जेष्ठ २०८१, सोमबार
(February 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्यालेनटाईन डे के हो? किन मनाइन्छ ?

प्रेम भन्ने वित्तिकै कति आनन्द लाग्छ हामीलाई ! प्रेम मानिस जिउनको लागि अतिआवश्यक चिज हो । प्रेम विना कोहीपनि मानिस जीवन जिउन सक्दैनन् । प्रेमको परिभाषा पनि मानिस र परिस्थीति अनुसार फरक हुने गर्छ । हामीले आफ्नो परिवारलाई गर्ने प्रेम र साथीभाइलार्ई गर्ने प्रेममा पनि फरक हुने गर्छ । अझ भन्ने हो भने आफ्नो मायालुलाई गर्ने प्रेम त झन छुट्टै हुने गर्छ । आफ्नो प्रेमीप्रेमीका विच हुने मायाँको त हामीले परिकल्पना गर्दा पनि एक प्रकारको आफनो जीवनमा उर्जा महसुश गर्छौ ।

समाजमा भन्ने गर्छन् प्रेममा न त भुगोल हुन्छ न जात नै । प्रेममा कुनै सीमा हँदैन । प्रेम आफैमा सर्वब्यापी हुन्छ । प्रेममा भित्रि भाव स्नेह हुन्छ । प्रेममा सृफ प्रेम हुन्छ । आज फागुन २ गते अर्थात फेबु्रअरी १४ ! यस दिनलाई प्रेमदिवस वा भ्यालेन्टाइन डे पनि भनिन्छ ।आज प्रेम जोडिहरुको एकदमै महत्वपूर्ण दिन मानिन्छ । विश्वभरिका करोडौँ प्रेमी-प्रेमिकाहरूको लागि महान् दिन ।

खास गरी युवायुवतीहरूले एक अर्काबीच अव्यक्त प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा यो दिनलाई लिइन्छ । प्रणय दिवसको औपचारिक सुरुआत सन् २६९मा रोमबाट सुरु भएको मानिन्छ ।

रोमका तत्कालीन सम्राट् क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए। सम्राट्को आदेशको उल्लङ्घन गर्दै त्यहाँका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछि धेरै सैनिकको उनले सार्वजनिक रुपमा विवाह गराएका थिए।आदेश तोडेको आरोपमा उनलाई इपू ७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो।

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन थालिएको हो। विश्वभरि नै यस दिनलाई उत्सवका रूपमा मनाउने गरिन्छ। नेपालमा अझै पनि खुला रुपमा प्रेमको कुरा गर्नु विपरीत लिङ्गीसँगै हिँड्नुलाई सकारात्मक रुपमा सहज रुपमा ग्रहण गरिँदैन । तर पनि यसको महत्व भने दिनप्रति दिन युवासामु बढ्दै गएको पाइन्छ । यो पश्चिमा संस्कृति अर्थात आयतित संस्कृति पनि भन्ने गरेको पाईन्छ ।

पहिला पहिला फेब्रुअरी १४ अर्थात एकदिनलाई भ्यालेनटाइन डे भनिन्थ्यो । प्रेम दिवसलाई एक प्रकारको प्रेम सप्ताहकै रूपमा पनि मनाउने चलन छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ ।गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा आखिरमा भ्यालेनटाइन डे मनाउने ।यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।

भ्यालेनटाइन गिफ्टको एकदमै महत्व छ । गिफ्ट भन्नसाथ बजारमा खरिद गरेका महंगा बस्तु भन्ने छैन । गिफ्ट त्यस्तो हो, जसले आफ्नो प्रेम भावना अभिव्यक्त गर्न सकियोस् । गिफ्ट त्यस्तो होस्, जसमा आफ्नो प्रेम समर्पण गर्न सकियोस् ।

यस अवसरमा आफुले मन पराएको केटा वा केटी साथीलाई प्रपोज गर्ने गरिन्छ । हुन त अहिले गुलाब, कार्डसँगै विभिन्न किसिमका गिफ्ट आइटम बजारमा उपलब्ध छन् । त्यसमध्ये पनि यस्तो गिफ्ट उपयुक्त हुन्छ, जो अर्थपूर्ण होस् । कलात्मक होस् । तपाईले गर्ने माया सदाबहार होस् ।

विश्वभर मनाइने प्रेम दिवस विभिन्न उपहार, कार्ड, फुल तथा अन्य प्रेमका प्रतीकहरू दिएर एकअर्काबीच प्रेम साटासाट गरिन्छ ।यस अवसरमा विभिन्न उपहार कार्डसहित विशेष रूपमा रातो गुलाफको फुल दिने चलन छ । किनकि रातो गुलाफलाई प्रेम र क्षमताको प्रतीकको रूपमा मानिन्छ । यस दिवसको दिन किनेर दिएको गुलाफको फुल भन्दा आफैले टिपेर वा चोरेर दिएको गुलाफको फुलको विशेष महत्त्व राख्दछ भन्ने भनाइ पनि छ ।

आधुनिकतामा लम्किरहेका युवायुवतीहरू प्रेम दिवसको अवसरमा आफ्नो प्रियलाई शुभकामनाका साथै उपहार दिएर यो दिनलाई सार्थक पार्छन् ।

यस दिन विशेष गरी गिफ्ट पसलहरूमा युवायुवतीहरूले जोडी अंकित मूर्ति, चकलेट, फुल तथा मायाको प्रतीक जनाउने गिफ्ट खरिद गर्नेहरूको भीड हुन्छ । प्रेम दिवसको अवसरमा करोडौँको व्यापार हुने गर्दछ ।

हुन त प्रेम कुनै विशेष जात, धर्म, उमेर, समुदाय र वर्गमा आधारित नहुने हुँदा प्रेमको महत्त्व सबैमा उत्तिकै रहेको पाइन्छ । प्रेम दिवसलाई अझै उल्लासमय र प्रेममय दिन बनाउन अहिले सामाजिक सञ्जालको पनि ठुलो भूमिका छ ।

अहिले भने प्रेम अभिव्यक्त गर्न प्रणय दिवस नै कुर्नुपर्ने बाध्यता छैन । प्रविधिमा आएको ठूलो परिवर्तनका कारण आफ्ना मनका कुरा दिनहुँ अथवा भनौं क्षण-क्षणमा आदान-प्रदान हुन थालेका छन् ।

छिनमा प्रेममा पर्ने, छिनमा बिछोड हुने, फेरि अर्कोसँग सम्बन्ध बढाउने कार्यमा सामाजिक सञ्जालले पुलको काम गर्दा विगतमा प्रेम गर्नेहरूलाई सघाउने प्रणय दिवसप्रतिको आकर्षणमा केही कमी आएको हो । अहिले यो दिनलाई विवाहित अथवा पहिल्यै प्रेमी-प्रेमिका भैसकेकाहरूले रोमान्स गर्ने दिनका रूपमा प्रयोग गर्न थालेका छन् ।हाम्रो समाजमा भने पुराना पुस्ताहरुले यसको चर्को विरोध गर्दै आएका छन् । उनीलहरुले अहिलेको सस्कृतिले पूर्वी सस्कृतिलाई विगारेको र मानिसहरुलाई छाडा बनाएको आरोप पनि लगाएका छन् ।

यद्अपि हामीले पनि पछिल्लो समयमा भावनात्मक प्रेम नभइ शारीरिक प्रेम यस दिन साटासाट गरेकाले कति युवतिहरु समस्यामा परेका घटनाहरु सुनीरहेका छौं । त्यसैले प्रेम जहिले पनि पवित्र हुन्छ र आज प्रेम दिवस मनाउँदा पनि सभ्य तरिकाले मनाउनु होला समस्या सृजना गर्ने तिर हैन कि आनन्द लिनका लागि आफनो जोडिसँग प्रेम साटासाट गर्नु प्रमे दिवसको सम्पूर्णलाई सुभकामना ।

 

प्रकाशित मिति: Feb 14, 2022

प्रतिक्रिया दिनुहोस्