Logo
१२ जेष्ठ २०७९, बिहीबार
(February 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुलसीपुर जुत्ता-चप्पल गोदाममा आगलागी हुदाँ ५ जनाको मृत्यु

लुम्बिनी प्रदेश स्थित दाङको तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगो लाग्दा ५ जनाको  मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आदित विन अलीको मृत्यु भएको छ । उनीहरू सबै सोही घरमा भाडामा बस्दै आएको अर्यालले बताए ।

 

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।शव पोस्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएको छ ।

इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगो लाग्दा जुत्ता–चप्पलको होलसेल पसल तथा गोदाममा पनि क्षति पुगेको छ।

राति सुतिरहेका बेला आगलागी भएकाले ठुलो मानवीय क्षति भएको प्रहरीले बताएको छ । डिएसपी अर्यालका अनुसार विद्युत्को मिटर पड्किएर आगो लागेको अनुमान गरिएको छ।

प्रकाशित मिति: Feb 11, 2022

प्रतिक्रिया दिनुहोस्