Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोहामा ग्राउण्डेड नेपाल एयरलाइन्सको जहाजलाई इन्जिन भाडामा लिएर उडाइने

file photo

खाडीमुलुक कतारको दोहामा ग्राउण्डेड नेपाल एयरलाइन्सको जहाजलाई इन्जिन भाडामा लिएर उडाइने भएको छ । इन्जिनमा समस्या आएपछि कतारको दोहामा थन्किएको ए-३२० जहाजलाई इन्जिन भाडामा लिएर उडाइने भएको हो ।

नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दोहा पुगेको जहाज सुरक्षित अवतरण भएपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएको थियो ।

बिग्रिएको इन्जिनको मर्मतका लागि भने नेवानिले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरेको छ । सो प्रस्तावबाट छनोट हुने कम्पनीले इन्जिन मर्मत गर्ने भएको समेत नेपाल एयरलाइन्सले जनाएको छ ।

यो जहाज २८ डिसेम्बर २०२१ देखि कतारमा ग्राउण्डेड छ ।कतारस्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गरेको र सो क्रममा जहाजको बाँया इन्जिनमा आन्तरिक खराबी पहिचान भएको पाइएको छ । सो टीमले इन्जिन फेर्न समेत राय दिएको एयरलाइन्सले बताएको छ ।

नेपाल एयरलाइन्सले त्यसपछि इन्जिन उत्पादनकर्ता पीडब्लूरआईएईसँग परामर्श लिएको र सो क्रममा इन्जिन फेरेर मर्मत गर्न सुझाव आएको समेत एयरलाइन्स स्रोतले बताएको छ ।  ।

यस अवस्थामा निगमले जहाजलाई उडाइराख्न भने इन्जिन भाडामा लिने भएको छ । त्यसका लागि ९ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट इन्जिन भाडामा लिइने भएको छ । यसका लागि प्रक्रिया अगाडि बढेको एयरलाइन्स स्रोतले बताएको छ ।

प्रकाशित मिति: Feb 7, 2022

प्रतिक्रिया दिनुहोस्