Logo
५ जेष्ठ २०८१, शनिबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । स्थानीय तहको निर्वाचनको मिति तोक्ने गृहकार्य भइरहँदा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको हो ।

मंगलबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सुरक्षा तयारी गर्न निर्देशन दिएका थिए । सो निर्देशनपछि गृहमन्त्रीले सुरक्षा समितिको बैठक डाकेका हुन् ।

बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल हुने गृहमन्त्री खाणका निजी सचिव नरेन्द्र केसीले बताए । बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्