Logo
१२ जेष्ठ २०७९, बिहीबार
(February 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती सरकारले दियो सोनाम ल्होसार र न्वागी पर्वमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले सोनाम ल्होसार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने भएको छ ।

सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

उनका अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने जनाएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्