Logo
५ जेष्ठ २०८१, शनिबार
(January 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार छ : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार रहेको बताएका छन् ।

निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले संविधानको व्यवस्थाबमोजिम नै चुनावको मिति तोक्नेबारे छलफल भइरहेको बताए ।

उनले भने, ‘चुनाव वैशाखमै भए पनि हामी सामना गर्न तयार छौं । जेठ वा असारमा गर्ने भए पनि सामना गर्न हामी तयार छौं । जुन चुनाव जहिले भएपनि हामी सामना गर्न तयार छौँ, हामी चुनावबाट आत्तिएका छैनौं । चुनावबाट अरु आत्तिएका होलान् । गठबन्धन तोड्न चाहने आत्तिएका होलान्, गठबन्धनबारे भ्रम पैदा गरिरहेका होलान् । तर, हामी जनताको बीचमा जान तयार छौं ।’

नेता नेपालले गठबन्धनको शक्तिसँग डराएका दक्षिणपन्थी शक्तिहरू भने चुनावसँग आत्तिएर भ्रम छर्न थालेका आरोप लगाए ।

प्रकाशित मिति: Jan 29, 2022

प्रतिक्रिया दिनुहोस्