Logo
१३ बैशाख २०८१, बिहीबार
(January 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ : चित्रबहादुर के.सी

जनमोर्चा अध्यक्ष चित्रबहादुर के.सीले प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर दिनु आजको अवश्यकता भएको  बताएको छ ।

अध्यक्षर के.सीले एक विज्ञप्ति निकाली प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको संयुक्त प्रयासबाट एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको निष्कर्ष केसीको रहेको छ ।

२०६२/६३ सालका उपलब्धिलाई समाप्त गर्ने प्रयास भइरहेको भन्दै के.सी.ले राष्ट्रिय जनमोर्चाले राजावादी शक्तिले गणतन्त्रलाई समाप्त गर्न प्रयत्न गरिरहेका र एमालेका अध्यक्ष केपी ओलीका हरेक क्रियाकलापलाई गणतन्त्र विरोधी शक्तिहरुले समर्थन गरिरहेको बताएका छन् ।

प्रकाशित मिति: Jan 27, 2022

प्रतिक्रिया दिनुहोस्