Logo
५ जेष्ठ २०८१, शनिबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न, गणनाको तयारी

राष्ट्रिय सभाका निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले १९ सिटका लागि भएको सात वटै प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान सम्पन्न भएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २ हजार ७ मतदाता मतदानमा सहभागी भएको जानकारी दिएका छन् । सातै प्रदेश सदरमुकाममा रहेका मतदान केन्द्रहरूमा मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

उनले भनेका छन्, ‘यो निर्वाचनमा ९ राजनीतिक दलका ४३ जना उम्मेवदावरहरूबीच प्रतिस्पर्धा भएको थियो । सातै प्रदेशका कूल २ हजार २५ मध्ये २ हजार ७ मतदाताले मतदान गर्नुभएको छ ।’

प्रवक्ता शर्माले केही समयपछि मतगणना कार्य सुरु हुने पनि जानकारी दिएका छन् ।  बुधबार नै राष्ट्रिय सभा निर्वाचनको मत परिणाम सार्वजनिक गर्ने तयारीमा आयोग लागेको छ ।

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्