Logo
५ जेष्ठ २०८१, शनिबार
(January 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देही देवदहको घोडाहा जंगलमा दुई जनाको शव फेला

लुम्बिनी प्रदेश स्थित रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुइ शव फेला परेको छ ।पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव भेटिएको हो ।

शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहले जानकरी दिएको छ ।शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।शव भेटिएको स्थान रक्ताम्य रहेकोले कसैले हत्या गरेर शव बेवारिसे छाडेको हुन सक्ने स्थानीयको भनाइ छ ।

शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टम तथा थप अनुसन्धानका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Jan 25, 2022

प्रतिक्रिया दिनुहोस्