Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेसियाको रात्रि क्लबमा दुई समूहबीच झडप हुँदा १९ जनाको मृत्यु

इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्विपक्षीय भिडन्तमा परी कम्तीमा पनि १९ जनाको मत्यु भएको छ । ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।

सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरुबीच झडप भएको थियो । सो झडपमा परी सुरुमा एक जनाको ज्यान गएको थियो ।

त्यसपछि त्यहाँ रहेका अरु पनि भिडन्तमा उत्रिएका थिए । सो झडपपछि उक्त क्लबमा आगजनी गरिएको बताइएको छ । त्यसमा परेर १९ जनाको ज्यान गएको र अरु कैयौँ नागरिक घाइते पनि भएका छन् ।

पश्चिमी पपुवा प्रान्तका प्रहरी प्रमुख आदम एर्दिनीले सोमबार मध्यराति देखि झडप सुरु भएको जानकारी दिएका छन् । उनले भनेका छन्– सुरुमा दुईजनाबीचको सामान्य विवादले पछि उग्र रुप लिएको थियो । उनीहरुको आन्तरिक झगडाका कारण त्यहाँ ठुलो संख्याका नागरिकको ज्यान गएको उनले बताए ।

सो रात्रि क्लबको बाहिर पार्किङ गरी राखिएका कारहरुमा पनि आगजनी गरिएको छ । मध्यरातिदेखि नै प्रहरीले सो भिडन्त नियन्त्रणमा लिने प्रयास गरे पनि त्यस अगावै धेरै नागरिकको ज्यान गइसकेको थियो ।

 

प्रकाशित मिति: Jan 25, 2022

प्रतिक्रिया दिनुहोस्