Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफ्रिकनको क्यामरून रङ्गशालामा भागदौड हुँदा ६ जनाको मृत्यु

अफ्रिका कप अफ नेसन्स अन्तर्गत क्यामरून रङ्गशालामा भाडदौड हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । क्यामरून र कोमोरसबीचको अन्तिम १६ को खेल हेर्न मैदान प्रवेशका क्रममा घटना भएको हो ।

प्रि-क्वाटर फाइनलको खेल हेर्न रङ्गशाला बाहिर भेला भएको भिड अनियन्त्रित हुँदा ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा केही घाइते भएका छन् ।

क्यामरूनको मध्य क्षेत्रीय गभर्नर पउल वियाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । रङ्गशालाको क्षमता ६० हजार भए पनि कोरोना सङ्क्रमण जोखिमका कारण ८० प्रतिशत समर्थकलाई मात्र मैदान प्रवेशको अनुमति दिएको थियो ।

घटनाकै बीच गएराति भएको खेलमा क्यामरुनले कोमोरोसलाई हराएको छ । १० खेलाडीमा सीमित कोमोरोसलाई क्यामरुनले २-१ गोलले हराउँदै क्वाटर फाइनलमा पुगेको छ ।

प्रकाशित मिति: Jan 25, 2022

प्रतिक्रिया दिनुहोस्