Logo
१३ बैशाख २०८१, बिहीबार
(January 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ हप्ता अघि नै जन्मिइन् प्रियंका र निककी छोरी, केही दिन अस्पतालमा राखिने

बलिउड तथा हलिउड अभिनेती प्रियंका चोपडा तथा गायक निक जोनस शनिबार आमाबाबु बनेका छन् । उनीहरु सेरोगेसीको माध्यमबाट बच्चा जन्माउँदै आमाबाबु बनेका हुन् ।यूएसको वेबसाइट यूएस विकली रिपोर्टका अनुसार प्रियंका छोरीकी आमा बनेकी हुन् ।

यो कुराको जानकारी प्रियंका आफैंले शुक्रबार अबेर राती सोसल मिडिया पोस्ट सेयर गरिन् । यद्यपि, नायिकाका छोरा भएको हो कि छोरी भएको भन्नेबारे जानकारी उनले पोस्टमा दिएकी थिइन्न् । प्रियंकाले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘हामीले सरोगेसीमार्फत् हाम्रो जीवनमा एक बच्चालाई स्वागत गरेको कुरा बताउन पाउँदा हामी असाध्यै खुसी छौँ । यतिबेला हाम्रो परिवारको गोपनियतालाई ध्यानमा राखिदिन सम्मानपूर्वक आग्रह गर्छौँ ।’

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रियंकाकी छोरीको जन्म डाक्टरले दिएको मितिभन्दा १२ हप्ता अघि भएको थियो । यी दुईको बच्चा लास भेगासको बाहिरी इलाका सदर्न क्यालिफोनिर्याको एउटा अस्पतालमा भएको हो ।

समय अगावै बच्चा जन्मिएको कारण बच्चा केही कमजोर छ । निक-प्रियंकाले जबसम्म बच्चा पूर्ण रुपमा स्वस्थ हुँदैन तबसम्म छोरीलाई अस्पतालमै राख्ने निर्णय गरेका छन् ।

प्रियंका चोपडाले ‘द जोनस ब्रदर्स फ्यामिली रोस्ट’ शोको क्रममा निकसँग बच्चाको योजनाबरे केही कुरा बताएकी थिइन् । निकले दाजुहरुको उदाहरण दिँदै शोमा ठट्यौली पारामा भनिन्, ‘हामी एक्लो यस्तो जोडी हौँ जसको अहिलेसम्म बच्चा भएको छैन । यसैकारण आज हामी सबैको अगाडि यो बताउन चाहन्छौँ कि म र निक बच्चाको योजना बनाइरहेका छौँ ।’ त्यसपछि प्रियंकाले भनिन्, ‘म बेबीसिट गर्न चाहन्नँ ।’

प्रियंका र निकले सन् २०१८ डिसेम्बर २ मा विवाह गरेका थिए ।

प्रकाशित मिति: Jan 23, 2022

प्रतिक्रिया दिनुहोस्