Logo
१३ बैशाख २०८१, बिहीबार
(January 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेरोजगार भएपछि काम खोज्दै ‘सीआइडी’का शिवाजी !

पछिल्लो समय विश्वभरी फेरि कोरोनाको तेस्रो लहरले आक्रान्त पारिरहेको अवस्थामा पनि भारतमा पनि पछिल्लो समयमा कोरोनाको तेस्रो लहर व्यापक फैलिरहेको छ । कोरोनाका कारण राम्रोसँग कुनै पनि क्षेत्रको काम हुन सकेको छैन् । कोरोनाको कारण अहिले सिने क्षेत्र एकदमै प्रभावित बन्दै गएको छ ।

यो क्षेत्रमा लागेका कति मानिसहरु वेरोजगार बन्न पुगेका छन् । चाहे त्यो सानो पर्दा होस् या ठूलो पर्दा होस् सबै प्रभावित भएका छन् । त्यस्तै लिउडका दिग्गज अभिनेता भनेर चिनिने शिवाजी साटम अहिले बेरोजगार भएका छन् ।

टेलिभिजन तथा फिल्म उद्योगमा उनले निभाएको भूमिका दर्शक सामु लोकप्रियता रहेको छ । उनले आफ्नो करियरको दौरान कैयौं सुपरहिट फिल्म दिए, तर उनले लोकप्रियता भने सोनी टीभीको ‘सीआइडी’बाट पाए । यो शो करिब २० वर्षसम्म चल्यो र यसका सबै चरित्र दर्शकमाझ प्रिय भए । ‘सीआइडी’मा एसपी प्रद्युम्नको भूमिकामा अभिनय गर्ने शिवाजी यतिबेला भने बेरोजगार छन् । उनी कामको खोजी गरिरहेका छन् ।

शिवाजीले सन् १९८८ मा नसिरुद्दिन शाह र अनुपम खेरको फिल्म ‘पेस्टोनजी’बाट करियर सुरुवात गरेका थिए । उनले ‘यशवन्त’, ‘गुलाम-ए-मुस्तफा’, ‘युगपुरुष’, ‘हु तु तु’, ‘चाइना गेट’, ‘नायक’लगायतका फिल्ममा अभिनय गरेका छन् ।

शिवाजी भन्छन्, ‘म यो भन्न सक्दिनँ कि मलाई धेरै अफर आइरहेको छ । छैन त छैन । एक–दुईवटा अफर छन्, तर त्यसमा रुचि छैन । म मराठी थिएटरबाट हुँ । मैले जहिल्यै पनि तिनै प्रोजेक्टमा काम गरें, जुन मलाई मनपथ्र्यो । मेरो दुर्भाग्य यो हो कि पहिलाको जस्तो शक्तिशाली चरित्र अहिले लेख्न छोडियो । यो दुवैका लागि नोक्सानको कुरा हो । एक अभिनेता भएको नाताले म राम्रो कामलाई मिस गरिरहेको छु । दर्शक राम्रो कलाकारलाई मीस गरिरहेका छन्।’

शिवाजीका अनुसार उनलाई अहिले प्रहरी अधिकारीको भूमिकामा अफर आइरहेको छ । जुन भूमिका उनले २० वर्षयता गरिरहेका छन् । यो भूमिका अब उनी गर्न चाहँदैनन् । ‘म किन गर्छु, एउटै भूमिका म पटक-पटक गर्न सक्दिनँ । तर एसीपी प्रद्युम्नको भूमिका मेरो हृदय नजिक छ । फेरी सीआइडी सुरु भयो भने त्यो भूमिका फेरि गर्नुपर्छ । म अहिले भूमिकालाई भन्दा पनि काम नपाएर तनावमा छु’, उनले भनेका छन् ।

 

प्रकाशित मिति: Jan 20, 2022

प्रतिक्रिया दिनुहोस्