Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले व्यवसायिक अन्तर्राष्ट्रिय उडान फेब्रुअरी २८ सम्म स्थगित गर्ने

कोभिड-१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट यहाँ आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् ।

मुलुकको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको परिपत्रअनुसार डीजीसीएले तोकेरै स्वीकृत गरेको अन्तर्राष्ट्रिय सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय जारी गरेको आदेशमा भनिएको छ, ‘सन् २०२१ को नोभेम्बर २६ मा गरिएको महानिर्देशनालयको परिपत्रमा आंशिक परिमार्जन गरिएको छ ।

पछिल्लो निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट यहाँ आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को राति २३ः५९ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ,’ परिपत्रमा उल्लेख छ ।

‘तथापि, ‘एअर ववल’ प्रबन्ध अन्तर्गत हुने सबै उडानहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन् ।’बढ्दो कोभिड संक्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले मार्च २०२० को अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो । तर झन्डै दुई महिनाको अवरुद्धतापछि २५ मे, २०२० देखि घरेलु उडान पुनः सञ्चालनमा आउन सुरु भएको थियो ।रासस

प्रकाशित मिति: Jan 20, 2022

प्रतिक्रिया दिनुहोस्