Logo
२९ आश्विन २०८१, मंगलबार
(January 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित भएको छ ।जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो ।

यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्त्वपूर्ण उपलब्धिको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ ।इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेन्डा र मुख्य योजनाका रुपमा रहँदै आएको थियो ।

राजधानी सर्नेसम्बन्धी अवधारणा विगतमा केही पूर्व राष्ट्रपतिहरुले पनि उठाउँदै आएका थिए । जाकार्ताको जनसंख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनु लगायतका कारणले राजधानी सार्नुपर्ने आवाज उठेको थियो ।

राजधानी सार्न थालिएको ठाउँ नुसान्तारा सहर झन्डै दुई लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिन्छ । यो ठाउँको छनौट भने पूर्व राष्ट्रपति जोकोवीले छनौट गरेको राष्ट्रिय विकास तथा योजनामन्त्री सुहार्सो मोनोअर्राफले जानकारी दिए।

इन्डोनेसियामा आफैमा विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक हो । इन्डोनेसियामा अहिले २७ करोड भन्दा बढी जनसङ्ख्या रहेको छ ।

प्रकाशित मिति: Jan 19, 2022

प्रतिक्रिया दिनुहोस्