Logo
५ जेष्ठ २०८१, शनिबार
(January 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेसरीलालले भने : ‘आयोजकको धोकाले मेरो डेढ करोड घाटा भएको छ, यसको क्षतिपूर्ति दिनुपर्छ’

बर्जु महोत्सव आयोजक समितिले भारतका भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादवले आफूलाई धोका दिएको बताएका छन् ।

यादव मंगलबार बर्जुमा आयोजित कार्यक्रममा आउने कार्यसूची थियो । माघ ४ गते हुने सुनसरीको बर्जु महोत्सवका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो ।

तर नेपालमा स्थानीय प्रशासनले कार्यक्रममा रोक लगाइएको कुरा खेसारीलाललाई जानकारी दिइएको थिएन ।कार्यक्रममा आउँदै गर्दा उनलाई प्रशासनले विराटनगरमा नै रोकेको थियो ।

आयोजकले टिकट बिक्री गरे पनि कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्कोरपियो गाडीमा आगजनी गरे ।

घटनापछि सार्वजनिक प्रतिक्रिया दिंदै उनले सम्पूर्ण दोष आयोजकको भएको बताउँदै आफूलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके अनि मात्र उनले कोरोनाका कारण कार्यक्रम स्थगित गरिएको जानकारी पाए ।

खेसारीलालले मंगलबार सञ्चारकर्मीसँग भने, ‘म पटनाबाट नेपालको विराटनगरसम्म आउँदासम्म कोरोनाका कारण यहाँका प्रशासनले कार्यक्रम स्थगित गराएको आयोजकले मलाई कुनै जानकारी दिएन ।’ खेसारीलालको नाममा आयोजकले टिकट काटेको कुराको जानकारी पनि उनलाई थिएन ।

खेसारीलालले भने, ‘यो घटनामा मेरो डेढ करोडको घाटा भएको छ । म जनतालाई मनोरञ्जन दिनका लागि नै नेपाल आएको थिए तर यहाँका प्रशासनले कार्यक्रममा रोक लगाएको छ भने कुरा मेरो जानकारीमा थिएन । म होटलबाट निस्केर कार्यक्रममा जान लाग्दा प्रहरी प्रशासनले मलाई रोक्यो । यसमा न प्रशासनको गल्ती छ न मेरो यसमा पुरै गल्ती आयोजकको छ ।’

जब खेसारीलाल कार्यक्रममा उपस्थित भएनन् अनि टिकट काटेकाहरूले आन्दोलन सुरु गरे । खेसारीलालका चारवटा गाडी जलाई दिए । उनका सङ्गीतका इन्ट्रुमेन्टहरु तोडफोड गरे । उनका साथमा आएका अन्य कलाकारमाथि पनि कुटपिट गरेका थिए ।

प्रकाशित मिति: Jan 19, 2022

प्रतिक्रिया दिनुहोस्