Logo
२३ आश्विन २०८१, बुधबार
(January 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एमालेको ६३ जिल्लामा नयाँ नेतृत्व चयन {सूचीसहित}

नेकपा एमालेको अहिलेसम्म ६३ वटा जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । गत पुस २३ गते उद्घाटन भएको महाधिवेशनबाट ६३ जिल्लामा नयाँ नेतृत्व चयन भएको हो ।

पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा भने अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन हुन बाँकी छ । कोरोना महामारीको बढ्दो संक्रमणलाई सङ्क्रमणलाई ध्यानमा राखेर बाँकी रहेका जिल्ला धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरेर नौ वटा जिल्लाको अधिवेशनको मिति तय हुने एमालेले जनाएको छ ।

त्यस्तै सात वटा प्रदेश सम्पर्क कमिटीमध्ये मधेश प्रदेशबाहेक अरु ६ वटामा नेतृत्व चयन भइसकेको छ । प्रदेश नम्बर १ को अध्यक्षमा कपिलदेव ओली, वाग्मती प्रदेशमा अशोक ठकुरी, गण्डकी प्रदेशमा ऋषि कँडेल, लुम्बिनी प्रदेशमा नारायण पाण्डे, कर्णाली प्रदेशमा जेबी शाही र सुदूरपश्चिम प्रदेशमा दलबहादुर धामी चयन भएका छन् ।

 

प्रकाशित मिति: Jan 19, 2022

प्रतिक्रिया दिनुहोस्