Logo
१५ चैत्र २०८०, बिहीबार
(January 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम

प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम तोकेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।

यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

उक्त प्रस्ताव दुई तिहाईभन्दा बढी मतबाट पारित भएसँगै प्रदेशको राजधानीसम्बन्धी अन्य प्रस्तावमाथि निर्णयार्थ कारवाही गरिएन । प्रदेशसभामा प्रदेशको राजधानी वीरगञ्ज (पोखरीया नगरपालिका, सखुआ प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, जीतपुर-सिमरा निजगढ हुँदै समरौनगढसम्म) तोक्ने प्रस्ताव र वीरगञ्ज महानगर तोक्ने प्रस्ताव पनि पेस भएको थियो ।

प्रकाशित मिति: Jan 17, 2022

प्रतिक्रिया दिनुहोस्